काठमाडाैं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदानस्थलमा लुटिएको ४५ वटा मतपत्र फेला परेको छ ।
५४ वटा मतपत्र लुटिएकाेमा ४५ वटा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी मनोजकुमार लामाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार अझै ९ वटा मतपत्रको खोजी भइरहेको छ ।
मतपत्र नै लुटिएपछि त्यहाँ मतदान सुरू हुन सकेको छैन ।
त्यस ठाउँमा कर्मचारीमाथि समेत हातपात गरेपछि प्रहरीले हवाइफायर समेत गरेको थियो ।
दोलखाको अन्य मतदानस्थलमा मतदान भइरहेका छन् । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म ४१.८९ प्रतिशत मतदान भएको छ ।
