रामेछाप बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या १२ पुग्यो

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीनजिक मंगलबार (माघ २७) बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसका चालकसहित आठजना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिनुभयो ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब १०० मिटर तल तामाकोसी नदीमा खसेको हो ।

घाइतेको उपचार खुर्कोटस्थित शुभजीवन, मन्थली र तामाकोसी अस्पतालमा भइरहेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिनुभयो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

बसका बाँकी यात्रुको अझै खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *