हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

काठमाडाैं । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।

तामाङको आइतबार बिहान नयाँ दिल्लीमा निधन भएको उहाँकाे पारिवारिक स्राेतले जनाएकाे हाे ।

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहनुभएकाे तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत हुनुहुन्थियाे । जसको डबिङ समेत बाँकी रहेको छ ।

तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गर्नुभएकाे छ । उहाँले थुप्रै चर्चित गीत दिनुभएकाे छ ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुनुहुन्छ । उहाँले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिनुभएकाे छ । उहाँ पछिल्लो समय दिल्लीमा बस्दै आउनुभएकाे बताइएको छ । त्यहीँ उहाँको निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *