विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर चिकित्सकको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव हुनुहुन्छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट उहाँ खस्नुभएकाे थियाे ।

गम्भीर अवस्थामा फेला परेपछि उहाँलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहान ७:२५ बजे उहाँको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिनुभयाे ।

यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत हुनुहुन्थियाे ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा घटनाका कारणबारे विभिन्न पक्षबाट अध्ययन भइरहेको जनाइएको छ ।

बाह्रखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *