लागु औषध सहित ६ जना पक्राउ

सन्तोष रूचाल, धनकुटा । लागु औषध सहित धनकुटाबाट ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध कारोबार भईरहेको भन्ने सुचनाको आधारमा उनीहरूलाई बजारको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ फोक्लेनटापुका २७ वर्षीय एलन लिम्बू, धनकुटा नगरपालिका–४ का २३ वर्षीय रोनिश थापा, धनकुटा नगरपालिका–७ का २० वर्षीय उदय शाह र २२ वर्षीय रविन मल्लिक, धनकुटा नगरपालिका–६ नासलचोकका २१ वर्षीय सफल नेवा खड्गी र धरान उपमहानगपालिका–१ का २५ वर्षीय धनबहादुर भुजेललाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी इन्सपेक्टर किशोर तामाङले बताउनुभयो ।
पक्राउ परेका युवाहरूको साथबाट प्रतिबन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ ९ सय ९० मिलीग्राम बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका युवाहरूलाई लागु औषध कारोबार अन्तरगतको मुद्दा दायर गरी जिल्ला अदालत धनकुटाबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *