पहिरोका कारण कालीगण्डकी करिडोर अवरूद्ध

गुल्मी । पहिरोका कारण कालीगण्डकी करिडोर अवरूद्ध भएको छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरूद्ध भएको हो ।

उक्त क्षेत्रमा वर्षा जारी रहेको र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले बताउनुभयो ।

सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् । बुधबार अपराह्नदेखिको वर्षा रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *