कालीगण्डकी ‘करिडोर’ अवरूद्ध

गुल्मी । राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ । सडक अवरूद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूका अनुसार बाटो खोल्न डोजरलगायत उपकरण प्रयोग गरिएको छ ।

सडक अवरूद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *