काठमाडाैं । नेतृत्त्व विकनस केन्द्र, वीरेन्द्रनगर, सुर्खेतले कानुनी जनचेतना तथा छात्रावृत्ति कार्यक्रम सम्पन्न गरेकाे छ । आज असार २९ गते, आदिकवि भानुभक्त आचार्यको जन्म तथा भानु जयन्तिको अवसरमा, नेतृत्त्व विकास केन्द्र, वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेतले ६५ जना मानिसहरूको बीचमा सोही पालिकाको वडा नं. ७ का वडा सदस्य चन्द्रा कुमारी नेपालीको प्रमुख आतिथ्यमा काठमाडौंबाट आउनुभएका अधिवक्ता केदार बहादुर खड्काद्वारा कौशिक इभेन्ट भेन्यू सुर्खेतमा एकदिने कानुनी साक्षरता कार्यक्रम तथा केही जेहेन्दार विद्यार्थीहरूलाई छात्रावृत्ति वितरण कार्यक्रम संस्थाका उपाध्यक्ष गोमनसिं बस्यालको अध्यक्षतामा सम्पन्न भएकाे हाे । जुन कार्यक्रममा सोही वडाका वडा सदस्यहरू दिलिप वाग्ले र याम नारायण आचार्यको पनि उपस्थिति थियो ।


