काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २८ जना घाइते

काठमाडाैं । काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुको बेलनदी नजिकै यात्रु बस दुर्घटना भएको छ ।

काठमाडौंबाट दाङका लागि छुटेको लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका छन् ।

घाइतेहरूको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एक जना ७२ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन् ।

उहाँलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै बस पल्टिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *