भोजपुर घटना: हत्या गरिएका चारै जनाको शव पोस्टमर्टमका लागि धरान पठाइयो

भोजपुर । भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको पोस्टमर्टमका लागि धरान पठाइएको छ ।

जिल्ला अस्पतालमा फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि शव पोस्टमर्टमका लागि सोमबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो ।

भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए ।

अभियुक्त पनि घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ ।

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *