कैलालीमा सुत्केरी मृत फेला

कैलाली ।  गौरीगंगा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला पर्नुभएको छ । १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला पर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । घटनास्थल पुग्नुभएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिनुभएकी नाथ सुत्केरी भएको खुलेको बताउनुभयो ।

नाथ घरको मूलद्वार अगाडिको नालामा मृत भेटिनुभएको हो । उहाँको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *