सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ ।

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय जानुभएको उहाँलाई सर्पले डसेको हो । तत्काल अस्पताल पुर्‍याइएका उहाँको उपचारका क्रममा मृत्यु भएको हो ।

उहाँ स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *