लागू औषध गाँजा, इभी गाडी सहित दुई जना प्रहरीको नियन्त्रणमा

सन्तोष रूचाल, धनकुटा । धनकुटाको भेडेटारबाट आज विहान १२ केजी लागु औषध गाँजा, इभी गाडी सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकमा धनकुटाको हिलेबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००१ ज ४५७५ नम्बरको इभी गाडी चेकजाँच गर्ने क्रममा १२ केजी गाँजा सहित सहिदभूमि गाउँपालिका–६ का १९ वर्षीय प्रवेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।

चेकजाँचको क्रममा राईले आफु बसेको सीटमुनि कालो झोलामा लागु औषध गाँजा जस्तो देखिने १२ केजी पदार्थ फेला पारेको प्रहरीले बताएको छ । इभी गाडी सहित लागु औषध ओसार पसारमा सम्लग्न भएको आशंकामा गाडी चालक धनकुटा नगरपालिका–१ हिलेका ३९ वर्षीय दिनेश तामाङ पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *