काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुग्नुभएकाे छ ।
उहाँ सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउनुभएकाे हाे । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभयाे ।
सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ ।
