सन्तोष रूचाल, धनकुटा । धनकुटामा सञ्चालित भलिबल उत्सवको उपाद्यी पुरुषतर्फ चौबिसे गाउँपालिका धनकुटा र महिलातर्फ साँगुरीगढी गाउँपालिका धनकुटाले उचालेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न भएको फाइनल खेलमा पुरुषतर्फ पाख्रीवास नगरपालिकालाई पराजित गर्दै चौबिसे गाउँपालिकाले उपाधी जितेको छ भने महिलातर्फ सहिदभूमि गाउँपालिकालाई पराजित गर्दै साँगुरीगढी गाउँपालिकाले उपाधी जितेको हो ।
पुरुषतर्फ चौबिसे गाउँपालिकाले पाख्रीवास नगरपालिकालाई २५–२०, २५–२०, २५–२१ र २५–२१ को सेटमा पराजित गरेको थियो ।
त्यस्तै महिलातर्फ २५–२१, २५–२२ र २५–१४ को सोझो सेटमा सहिदभूमि गाउँपालिकालाई साँगुरीगढी गाउँपालिकाले पराजित गरेको थियो ।
उपाधीसँगै चौबिसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका धनकुटाले नगद ५०÷५० हजार हात पारेका छन् भने पाख्रीवास नगरपालिका र सहिदभूमि गाउँपालिकाले उपविजेता बन्दै नगद ३०÷३० हजारमा चित्त बुझाएका छन् ।
विजेता र उपविजेता टीम तथा खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राई, कोशी प्रदेश भलिबल संघका अध्यक्ष खेम राई जिल्ला भलिबल संघका अध्यक्ष गौरब कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । जिल्ला भलिबल संघ धनकुटाको आयोजनामा आयोजित भलिबल उत्सवमा वडास्तरीय पुरुष भलिबलतर्फ २० टीम र पालिकास्तरिय महिला भलिबलतर्फ ६ टीम सहभागी भएका थिए ।
