दुर्गा प्रसाईं झापामा पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं ।  व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले उनलाई झापा जिल्लाबाट नियन्त्रणमा लिई काठमाडौं ल्याउने तयारी गरिरहेको छ । प्रसाईंलाई शुक्रबार झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याइने र सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा प्रसाईंले निषेधित क्षेत्र तोड्दै सवारी साधन चलाएका थिए । उक्त आन्दोलन हिंसात्मक बन्दै गएपछि दुई जनाको ज्यान गएको थियो । त्यसयता उनी फरार रहेका थिए । पक्राउपछिको कानुनी प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *