धनकुटामा वैशाख १७ देखि डाँडाबजार गोल्डकप हुँदै

सन्तोष रूचाल, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित डाँडाबजारमा आगामी बैशाख १७ गतेदेखि चौथो संस्करणको डाँडाबजार गोल्डकप फुटबल खेल प्रतियोगिता हुने भएको छ ।

डाँडाबजार फुटबल क्बलको आयोजना र साँगुरीगढी गाउँपालिका धनकुटाको सहयोगमा डाँडाबजार गोल्डकप फुटबल खेल प्रतियोगिता हुने भएको हो ।

उक्त प्रतियोगिताको सहप्रायोजक जंगबहादुर थापा स्मृति कोष डाँडाबजार ब्रदरहुड रहेको छ । डाँडाबजारको सान: खेलकुद तथा पर्यटनबाट पहिचान भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनको आयोजना गरी दिएको जानकारी अनुसार उक्त प्रतियोगितामा धनकुटा सहित आठ टीमको सहभागिता रहनेछ ।

उक्त प्रतियोगिता सञ्चालनको लागि करिब २२ लाख खर्च हुने अनुमान गरिएको छ । उक्त प्रतियोगिताको सञ्चालनको लागि साँगुरीगढी गाउँपालिकाले सात लाख, वडा कार्यालयले तीन लाख र सहप्रायोजकले चार लाख रकम उपलब्ध गराउने आयोजक क्लबका अध्यक्ष राजकुमार थेगिम लिम्बूले जानकारी दिनुभयो । उक्त प्रतियोगिताको विजेताले नगद तीन लाख र उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँसँगै मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । प्रतियोगिता २०८२ बैशाख २० गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *