डिसीसी कप फाइनल: चन्द्रागिरी र दक्षिणकाली उपाधिका लागि भिड्दै

काठमाडौं । यहाँ जारी डिसीसी कप अन्तरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता को फाइनलमा चन्द्रागिरी नगरपालिका र दक्षिणकाली नगरपालिका उपाधिका लागि भिड्ने भएका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा चन्द्रागिरी ले किर्तिपुर नगरपालिका लाई १–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । चन्द्रागिरीका लागि आयुषमान श्रेष्ठ ले निर्णायक गोल गर्नुभयो ।

त्यस्तै, दोस्रो सेमिफाइनलमा दक्षिणकाली ले तारकेश्वर नगरपालिका लाई सडन डेथ मा ६–५ को नतिजासहित हराउँदै फाइनलमा स्थान बनायो । निर्धारित समयको खेल बराबरीमा सकिएपछि टाइब्रेकरबाट समेत नतिजा निस्कन नसक्दा सडन डेथ मार्फत दक्षिणकालीले जित हात पार्यो । अब, चैत्र ९ गते शनिबार हुने फाइनल खेलमा चन्द्रागिरी र दक्षिणकाली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *