काठमाडाैं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवासायी महासङघ जिल्ला शाखा काठमाडाैंले पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरूको अमर्यादित बिक्री वितरण भएको सन्दर्भमा सम्बन्धित निकायहरूमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवासायी महासङ्घ जिल्ला शाखा काठमाडाैंका अध्यक्ष नारायणप्रसाद दाहाल र अनुगमन समिति संयोजक बिष्णु गिरी लगाएत काठमाडाैंका पदाधिकारि तथा सदस्यहरूले तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण
नगर प्रमुख तथा शिक्षा शाखा प्रमुखहरूलाई भेटेर विद्यालय हाताभित्रबाटै अनधिकृत रूपमा भइरहेको पाठ्यपुस्तक तथा स्टेसनरी सामग्रीको बिक्री वितरण कार्यलाई रोक्न ध्यानाकर्षण पत्र बुझाएका छन् ।
कानुनको बर्खिलाप भएको दावी
पत्रमा नेपालको कानुनअनुसार सम्मानित सर्वोच्च अदालतको फैसला २०६८ र नेपाल सरकार संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ समेतले विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरू बिक्री वितरण नगर्ने नगराउने भन्ने आदेश भई कानुन बनिसकेको अवस्थामा अझै पनि कानुनको बर्खिलाप हुने गरी विद्यालय हातभित्रबाटै पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरूको बिक्री वितरण कार्य भएकाले उक्त कार्य रोक्ने सन्दर्भ पत्रमा लेखिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख तथा शिक्षा शाखा प्रमुखहरूले व्यवसायीका मागप्रति संवेदनशिल रहेको बताउंदै कानुनको बर्खिलाप हुने गरी विध्यालय हाताभित्रबाट हुने अमर्यादित गतिविधि रोक्न पहल गर्ने प्रतिबद्दता जनाउनु भएको कुरा संयोजक गिरीले बताउनुभयो !
