काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस धुलिखेलको सडमै पल्टियो, १७ जना घाइते

काभ्रे ।  काभ्रेको धुलिखेलमा मंगलबार बिहान काठमाडौंबाट रामेछापको धोबी, सिरिसे, ढाडे हुँदै ओखलढुंगाको पोकली हिँडेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बीपी राजमार्गमा सवा ८ बजे बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आफैं अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा बस चालक र सह–चालक सहित १७ जना रहेको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए ।

दुर्घटनाको खबर पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । बसका चालक र सहचालक गम्भीर घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

हाल बस घटनास्थलमै छ भने सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *