आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ १५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रूपैयाँ ७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ७४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा र बिक्रीदर ९ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ८ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १५ पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *