यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ १६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ २४ पैसा र बिक्रीदर १७३ रूपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रूपैयाँ ४४ पैसा र बिक्रीदर १५४ रूपैयाँ १० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ २२ पैसा र बिक्रीदर ९ रूपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा र बिक्रीदर १९ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४५ पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *