प्रधानमन्त्री ओलीद्वारा विपक्षी दलहरूलाई राजनीतिमा ढलेँ-ढलेँ गीतको नक्कल नगर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले सरकारको आयुलाई लिएर समय खेर फालेको टिप्पणी गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उहाँले सरकार ढल्ने भविष्यवाणी गर्दै व्यर्थैमा समय खेर नफाल्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ढलेँ-ढलेँ भन्ने गीत बजारमा अलि प्रचारमा छ । त्यस्तै प्रायः राजनीतिक नेताहरूले गाएको सुन्छु ।

ढल्यो, ढल्यो, ढल्यो… आज ढल्यो, भोलि ढल्यो, बिहान ढल्यो, बेलुका ढल्यो, राति ढल्यो, ढल्यो, ढल्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवहरूमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन ।’

उहाँले भन्नुभयो, ‘यस्ता गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ । राजनीतिका मञ्चमा बन्द गरे हुन्छ । किनभने ०८४ सम्म सरकार टसमस हुँदैन,’  प्रधानमन्त्री ओलीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *