अभियन्ता आशिका तामाङ आज अदालतमा, थुनछेक बहस हुँदै

काठमाडौं । अभियन्ता आशिका तामाङलाई प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेका अनुसार उहाँलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा थुनछेक प्रयोजनका लागि अदालतमा पेश गरिएको हो ।

तामाङविरूद्ध प्रहरी वृत्त जगातेले अनुसन्धान गरेको थियो । यसअघि माघ १४ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयले तोकेको धरौटी बुझाएर छुट्नुभएकी तामाङ पुनः पक्राउ पर्नुभएको थियो ।

उहाँमाथि भक्तपुरको साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यबिनायक नगरपालिकाले लिँदै आएको २० रुपैयाँ करको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप लागेको छ । सूर्यबिनायक नगरपालिकाले यस विषयमा प्रहरीमा जाहेरी दिएपछि उहाँलाई पक्राउ गरिएको हो ।

हाल यस विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *