यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३८ रुपैयाँ १७ पैसा, बिक्रीदर १ सय ३८ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४३ रुपैयाँ ७८ पैसा, बिक्रीदर १ सय ४४ रुपैयाँ ४० पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५२ रुपैयाँ ५१ पैसा, बिक्रीदर १ सय ५३ रुपैयाँ १७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६ पैसा, बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८१ पैसा, बिक्रीदर ९६ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय २ रुपैयाँ २९ पैसा, बिक्रीदर १ सय २ रुपैयाँ ७३ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८ रुपैयाँ ९३ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा, बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९० पैसा, बिक्रीदर ३८ रुपैयाँ ६ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *