ओखलढुङ्गामा बिरामी बोकेर आउँदै गरेको सुमो दुर्घटना, तीन जनाको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर–७ मा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ना. १ ज ६४२१ नम्बरको सुमो दुर्घटनामा परेको ओखलढुङ्गाका डीएसपी कृष्ण खड्काले जानकारी दिनुभयो ।

खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको उक्त सुमो बाटोमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर खोटाङको कोपिलासगढी गाउँपालिका निवासी मायादेवी गुरुङसहित तीन जनाले ज्यान गुमाएका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *