काठमाडौं । मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिनुभयो ।
उहाँले निजको अवस्था सामान्य रहेको बताउनुभयो ।
मङ्कीपक्स संक्रमण भएकालाई कम्तिमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरूप गरिएको जानकारी निर्देशक बसौलाले जानकारी दिनुभयो ।
साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स संक्रमण भएको पुष्टि भएको थियो । सोही दिनदेखि उनको शुक्रराज अस्पतालमा उपचार जारी छ ।
