काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।
काठमाडौंको थापाथलीस्थित बागमती किनारको छठ घाटमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठको बिदाइ गरिएको छ ।
तराईका जिल्लाहरूमा विशेष रूपले मनाइने छठ केही वर्षयता काठमाडौं उपत्यकामा पनि भव्यताका साथ मनाइँदै आइएको छ ।
