वालिङ विवाद : नगर प्रमुख आफैले प्रमाणिकरण गरेको बजेट कार्यान्वयन नगरी नयाँ बजेट सार्वजानिक

वालिङ । वालिङ नगरपालिकाको १६ औं नगरसभावाट पारित भैसकेको बजेटको विषयले यतिवेला वालिङ तातेको छ । गत असार १० गतेको नगरसभावाट पारित भैसकेको बजेट नगरप्रमुखले पत्रकार सम्मेलन गरेर अर्को बजेट सार्वजानिक गरेको तथ्य भेटिएको छ । प्रमाणिकरण गरिसकेको बजेट हिमदुतले सार्वजानिक गरेपछि नगर प्रमुख कृष्ण खाँणलाई नैतिक प्रश्न उठेको छ ।

सभामा पेश गरेर पारित भैसकेको बजेटलाई घाटा बजेट उपप्रमुखले पेश गरेको भन्दै बिहिबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर अर्को बजेट पेश गरेका थिए । पेश भएको बजेटमा समेत बजेट अवण्डा गरी उपप्रमुखले चालुतर्फको बजेटमा पेश गरेको भन्दा झण्डै २ करोड वढी रकम लुकाइ पेश गरिएको थियो । यो संगै अन्य शिर्षकमा समेत नागरिकलाई झुक्याएर आवश्यक भन्दा वढी वजेट राखेर विकास योजनाका बजेट कम गराई पेश गरिएको छ । यसले नगरपालिकाको बजेट प्रति झनै शंका पैदा गरेको छ ।

सार्वजानिक गरिएको बजेट उपप्रमुखको समेत सहमतीमा निर्माण गरिएको पटक पटक वताउदै आउनुभएका नगर प्रमुख खाँण प्रति लक्षित गरेर उपप्रमुख कविता तिवारीले  साँझ नै विज्ञप्ती जारी गरेपछि खाँणले बाेलेको विषय समेत झुटा सावित भएको छ । तिवारीले आफूले स्रोत अनुमान गरेर नागरिकमैत्री बजेत सभामा पेश गरेको दावी गर्दै आउनुभएकाे छ ।

पत्रकार सम्मेलनवाट महासंघका अध्यक्ष विचमै वाहिरिए

वालिङ नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलन औपचारिक रुपमा सुरु भइरहेको वेला नगर प्रमुख खाँणले पत्रकार महासंघका उपसभापती भवानी अधिकारी र पूर्व अध्यक्ष ओम प्रकाश शर्मा र प्रकाश डोटेललाई आसन ग्रहण गराएपछि त्यही रहेका पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल वाहिरिनुपरेको थियो ।
नगर प्रमुख खाँणको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा नगर प्रवक्ता पदमराज गुरुङले बजेट सार्वजानिक गर्नुभएकाे थियाे । स्थानीय सरकार प्रमुखले पत्रकार महासंघ जस्तो साझा संस्था प्रति गरेको व्यवहारवाट चित्त दुखेर वाहिरिएको सिग्देलले वताउनुभयाे ।

प्रेस विज्ञप्तिः

Leave a Reply

Your email address will not be published. Required fields are marked *