लागु औषध खैरो हेरोइनसहित धनकुटाको हिले बजारबाट चार जना पक्राउ

सन्तोष रुचाल, धनकुटा । लागु औषध खैरो हेरोइन सहित धनकुटाको हिले बजारबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

हिले प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गएराति धनकुटा नगरपालिका–१ हिलेका ३३ वर्षीय राजेश तामाङ सहित उनको कोठाबाट सोही स्थानका २८ वर्षीय दिपेश राई, २६ वर्षीय सुजन तामाङ र २१ वर्षीय सुमन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डीएसपी ओमप्रकाश खनालले बताए ।

राजेश तामाङको कोठा खानतलासी गर्ने क्रममा उनको टेबलमा राखेको रातो प्लाष्टिकमा प्याक गरिएको अवस्थामा खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ स-साना ६ पोकाको ६ सय मिलिग्राम बरामद गरिएको प्रहरीले बताएको छ । लागु औषधसहित चारै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर लागु औषध कारोबार अन्तरगत अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *