मधुमेहबाट ग्रसित पाइलट बाबाको निधन

काठमाडौं । योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उहाँको निधन भएको निजी चिकित्सक डा.अनिल मिश्रले जानकारी दिनुभयाे ।

डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो ।

८६ वर्षका उहाँ लामो समयदेखि मधुमेहको समस्याबाट पीडित हुनुहुन्थ्याे । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा. मिश्रले जानकारी दिनुभयाे । पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उहाँको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *