काठमाडाैं । आज नेकपा अन्तर्गत, सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले, “जिउँदो सपना” नामक एक नाटक कमरेड गणेशको लेखन र विभिन्न कलाकारहरूको प्रस्तुतिमा, नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा सम्पन्न गर्यो ।
२०५२ साल फागुनमा घोषित जनआन्दोलन, अध्यक्ष कमरेड प्रचण्डको नेतृत्त्वमा सुरू भयो । जसले सामन्तीहरूको विरूद्धमा शंखघोष गर्दै, महिला, दलित, मधेसी र मुस्लिम अनि जनजातिको अधिकारको लागि जनआन्दोलनका शहिदहरूले आफ्नो बलिदानमा निस्वार्थ रगत बगाए, तर त्यसपश्चात तथा शान्ति सम्झौतापछि, त्यस उपलब्धिलाई महिला, मधेशी, दलित, जनजातिले उपभोग र उपयोग गरिरहेका छन् ।
अहिलेको कुनै पनि परिवर्तनको परिणाम जनआन्दोलनकै हो भन्ने सन्देश दिँदै, शहिदहरूले देखेको सपना अझ जिउँदैछ, जसलाई अहिलेका जीवितहरूले पूरा गर्नुपर्छ, पार्टी टुटेर होइन, तर जुटेर अझै यो उपलब्धिलाई मानव समाजमा देखिने गरी पूरा गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।
कार्यक्रमका राजनीतिक विश्लेषक, तथा लेखक श्री युग पाठकले सम्बोधन गर्नुभयो, र अन्तिममा सम्बोधन नेकपाका संयोजक कमरेड प्रचण्डले, अब यी शहिदहरूको जिउँदो सपना जसरी भए पनि अब पूरा गर्नुपर्छ भन्नुभयो ।
