उमा भुजेल नेतृत्वको नेकपा र नेपाली कम्युनिस्ट पार्टीबिच एकता हुँदै

काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । दुई पार्टीबीच आगामी कात्तिक १७ गते औपचारिक एकता घोषणा गर्ने सहमति भएको हो ।

एकता घोषणा कार्यक्रम दिउँसो १ बजे काठमाडौंको कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिने तय भएको छ । विशेष एकता सभामार्फत दुवै पार्टीबीचको राजनीतिक एकतालाई औपचारिकता दिइनेछ ।

उमा भुजेलले यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर आफ्नै नेतृत्वमा राष्ट्रिय भेला आयोजना गर्नुभएकाे थियाे । उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो ।

कम्युनिस्ट आन्दोलनभित्र एकता, सहकार्य र ध्रुवीकरणलाई अघि बढाउने उद्देश्यसहित हुन लागेको यो एकतापछि दुवै पार्टीका नेता तथा कार्यकर्ता एउटै राजनीतिक संगठनमा आबद्ध हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *