पाँच मतले चुनाव हारेका लुइँटेलले कांग्रेस केन्द्रीय सदस्यमा दिए उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा झिनो मतान्तरले पराजित भएका नेपाली कांग्रेसका नेता कुमार लुइँटेलले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

लुइँटेलले मंगलबार राष्ट्रियसभा गृह पुगेर नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रतिनिधिसभा निर्वाचनमा उहाँ जम्मा पाँच मतले पराजित हुनुभएको थियो ।

गत वर्ष सम्पन्न कांग्रेसको विशेष महाधिवेशनमा ओखलढुंगाबाट नेतृत्व गरेका लुइँटेलले यसअघि प्रदेश समितिमा रहेर पनि पार्टी संगठनमा काम गर्नुभएको थियो ।

लुइँटेल कांग्रेस सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेलसँगै अमृत साइन्स क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थियो । विज्ञान तथा द्वन्द्व व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका लुइँटेलले अब केन्द्रीय समितिमा पुगेर पार्टी संगठनमा आफ्नो भूमिका विस्तार गर्ने लक्ष्यसहित उम्मेदवारी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *