महाकालीको बाढीले झोलुङ्गे पुल भत्कियो

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीमा आएको बाढीले भत्काएको छ ।

बाढीका कारण बुधबार बिहान करिब ८ बजे पुलको नदीतर्फको एक भाग भत्किएर बगेको हो ।

प्रत्यक्षदर्शीका अनुसार महाकाली नदीको बीच भागमा रहेको पुलको एउटा पिलर बाढीले भत्काएपछि त्यससँग जोडिएको पुलको ठूलो हिस्सा नदीमा खसेर बगेको हो । पुल भत्किएपछि दोधारा चाँदनी र भीमदत्तनगरबीचको आवागमन प्रभावित भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *