काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले प्रसाईंलाई सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य रचना खतिवडाविरूद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा चरित्रहत्या गर्ने खालको अभिव्यक्ति दिएको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।
साइबर ब्युरोले प्रसाईंमाथि थप अनुसन्धान अघि बढाउने जनाएको छ ।
