काठमाडौं । ललितपुरको धापाखेलमा साढे दुईतले घर भत्किएको छ । ललितपुर महानगरपालिका–२४ स्थित सोवितकुमार थापाको घर सोमबार बिहान करिब ६ः३५ बजे अचानक ढलेको हो ।
ललितपुर प्रहरीका अनुसार घर जोखिममा रहेको पहिल्यै पहिचान भएपछि घरधनीलाई आइतबार नै घर खाली गर्न भनिएको थियो । त्यसैले घर ढल्दा कुनै मानवीय क्षति नभएको हो ।
उक्त घरमा थापासहित तीन जनाको परिवार बस्दै आएका थिए ।
