Uncategorized

बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

काठमाडाैं । मोरङको बूढीगंगामा बसको ठक्करबाट सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारको मृत्यु भएको छ ।

सोमबार साँझ पश्चिमबाट पूर्वतर्फ सडक पार गर्ने क्रममा प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बूढीगंगा–४ निवासी ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते हुनुभएकाे थियाे । उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार खड्का सशस्त्र प्रहरी बलमा सहायक हवल्दार पदमा कार्यरत हुनुहुन्थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *