रसुवा भन्सार कार्यालय पूर्णरूपमा क्षतिग्रस्त, २० कर्मचारी सम्पर्कविहीन

रसुवा । टिमुरेस्थित रसुवा भन्सार कार्यालयमा बाढीका कारण ठूलो भौतिक क्षति भएको छ । कार्यालय भवन तथा संरचनाहरूमा पूर्णरूपमा क्षति पुगेको बताइएको छ ।

३७ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयका हालसम्म १७ जना कर्मचारी मात्रै सम्पर्कमा आएका छन् । बाँकी २० जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

बाढीका कारण कार्यालय क्षेत्रमा थप क्षतिको जोखिम रहेकाले उद्धार तथा खोजी कार्यमा चुनौती देखिएको छ । सम्पर्कविहीन कर्मचारीको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *