प्रदिप खड्का, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी ओखलढुंगाको चुनावी अभियान आज चम्पादेवी गाँउपालिका पुगेको छ ।
आज चम्पादेवी-५ पोखरेमा पुगेको उमेदवार अम्बिरबाबु गुरुङलगायतको टोलीलाई स्थानीय जनताले बाजागाजासहित भव्य स्वागत गरेका छन् ।
याे चम्पादेवी ५ऽ चम्पादेवी पोखरेका युवा नेता झलकमान तामाङको वडा पनि हो । तामाङले अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष जितेर सफल कार्यकाल सम्पन्न गर्नुभएकाे थियाे ।

चुनावी अभियानको टोलीले यसअघि मानेभन्ज्याङ गाँउपालिका र सुनकोशी गाँउपालिकाको अभियान सकेर आजबाट चम्पादेवी गाँउपालिकामा अभियान सुरू गर्न लागेको हो ।
अघिल्ला दुई पालिकामा सम्पन्न भएको चुनावी अभियानमा जनता र स्थानीय नेता कार्यकर्तामा देखिएको जोश र उमङ्गले निर्वाचन जित्नेमा नेपाली कम्युनिष्ट पार्टी ओखलढुङ्ग ढुक्क रहेको देखिन्छ भने उमेदवार, नेता र कार्यकर्ता उत्साहित बन्नुभएकाे छ ।
जहाँ-जहाँ नेकपाको चुनावी अभियान पुग्छ त्यहाँ-त्यहाँ अन्य पार्टीबाट स्थानीय नेता कार्यकर्ता नेकपा प्रवेशले पनि नेकपाको जीत निश्चिततजस्तै बनेको अभियनमा रहेका नेताहरूको भनाई छ । जनतामा झनै खुशी छाएको समेत नेकपाले दावी गरेको छ ।
