काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १ सय ९७ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ८७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १ सय १ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय १ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९० पैसा र बिक्रीदर २२ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४ सय ७५ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३ सय ८५ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ७६ रुपैयाँ ०२ र बिक्रीदर ३ सय ७७ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
