नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह: ५४५ जना दीक्षित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी विभित्र सङ्कायका उत्तीर्ण विद्यार्थीलाई आज दीक्षित गर्नुभएकाे छ ।

विश्वविद्यालयद्वारा आयोजित समारोहमा कुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्नुभएकाे हाे । तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गर्नुभयाे । विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *