आजकाे लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । केही दिनसम्म निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउ आज भने केही घटेको छ । युरो र स्विस फ्रयाङ्कको भाउ पनि आज केही घटेको छ । तर अष्ट्रेलियन डलर र पाउण्डको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १ सय ४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ । हिजो अमेरिकी एकको खरिदर १ सय ४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६१ पैसा थियो । यो हालसम्मकै उच्च दर थियो ।

युरोपियन युरोको भाउ पनि हिजोको तुलनामा आज घटेको छ । आज युरोपियन युरो एकको खरिददर १ सय ६७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ४४ पैसा छ । हिजो युरोपियन युरो एकको खरिदर १ सय ६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ६५ पैसा थियो ।

स्विस फ्रयाङ्कको भाउ भने आज घटेको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ७९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ३६ पैसा कायम गरिएको छ । हिजो स्विस फ्रयाङ्क एकको खरिददर १ सय ७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ७१ पैसा थियो ।

आज अष्ट्रेलियन डलर बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३७ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा थियो ।

युके पाउण्ड स्ट्रलिङको भाउ भने आज बढेको छ । आज पाउण्ड एकको खरिददर १ सय ९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ९२ रुपैयाँ ६९ पैसा छ । हिजो युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १ सय ९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ९२ रुपैयाँ २३ पैसा थियो ।

यसैगरी आज क्यानेडियन डलर एकको खरिददर १ सय २ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ३ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १० रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४९ पैसा र बिक्रीदर चार रुपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ६८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४ सय ७० रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३ सय ८२ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ७३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ७२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *