काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गर्नुभएकाे छ । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।
प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीमा भइरहेका कामकाजलगायत विषयमा सर्वपक्षीय छलफल गर्न लाग्नुभएकाे हाे ।
बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।
निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लाग्नुभएकाे छ ।
