घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा २ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा ३ हजार १ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *