काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य केही बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १ सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ३३ पैसा कायम थियो ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ६३ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय १ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ २१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८६ पैसा र बिक्रीदर २१ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ६१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ सय ६३ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३ सय ७७ रुपैयाँ ५९ पैसा , ओमनी रियाल एकको खरिददर ३ सय ६८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ७२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
