सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुर्खेत । गाडी दुर्घटना हुँदा सल्यानमा ३ जनाको मृत्यु भएको छ । ‎मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् ।

उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले बताउनुभयो ।

‎‎आइतबार बिहान करिब ८:४० बजे सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३००,४०० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका २ महिला र २ पुरुषलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

घाइते हुनेहरूमा रुकुम पश्चिम, बाफिकोट गाउँपालिका ५ बस्ने ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *