तारकेश्वरमा इभी माइक्रोबस खोलामा खस्यो

काठमाडौं । आज बिहान काठमाडौंको तारकेश्वर नगरपालिका–७ स्थित साङलाखोलामा एक इभी माइक्रोबस खसेको छ ।

प्रहरीका अनुसार माइक्रोबस चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०६(००१ ज ०५६२ नम्बरको माइक्रोबस खसेको हो । सो समयमा माइक्रोबसमा यात्रु नरहेका कारण मानवीय क्षति भने नभएको जनाइएको छ ।

माइक्रोबस अचानक अनियन्त्रित भई साङलाखोलामा खसेको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *