गोसाइँकुण्ड मार्गमा एक तीर्थयात्रु बेपत्ता

रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयाे ।

मगरसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले उनी बेपत्ता भएको प्रहरीमा जाहेरी दिएका थिए ।

चन्दनबारी र चोलाङपाटीको बीच भागबाट यही साउन २३ गते मगर बेपत्ता भएको जाहेरीमा उल्लेख छ । चन्दनबारी र चोलाङपाटीको बीच भाग घनाजंगल भएको क्षेत्र हो ।

हराएको सूचना पाउना साथ प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा खोज उद्धार टोली खटाइएको छ ।

उद्धारका लागि सशस्त्र प्रहरी बल, श्रीनाथ गणको नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीका ४५ सुरक्षाकर्मी परिचालन भएको डिएसपी शाहीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *