कुलो थुनिएपछि खसेको पहिरोले घर पुरियो, चार जना घाइते

ताप्लेजुङ ।  सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।

स्थानीय  हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिनुभयो ।

घर माथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो ।

कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *